×
यस निबन्धमा माता पिताको हक हुकूक र अधिकारको बारेमा चर्चा गरिएको छ र यो ज्ञान गराइएको छ कि माता पिताको अज्ञापालन गर्नु, उनीहरूको खाने बस्ने व्यवस्था गर्नु, उनीहरूलार्इ नहप्काउनु उनीहरूसित आदरपूर्वक व्यवहार गर्नु ....आदि सन्तानमाथि अनिवार्य छ, र समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ।

    إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ، وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا، أما بعد :

    सम्पूर्ण प्रशंसा र गुण-गान अल्लाहकै लागी हो जुन यस संसारको पालनकर्ता हो। र हामी उसैसंग क्षमायाचना गर्छौं। र हामी अल्लाहसित आफ्नो मनहरुका पापहरुबाट शरण चाहन्छौं। जसलाई अल्लाहले हिदायत (सुमार्ग) दिएको होस्, उनीलाई कोही पथभ्रष्ट गर्न् सक्दैन। र जसलार्इ सुमार्गी बनाएको हेस् तिनलार्इ कोही पथविचलित गर्न सक्दैन । र म यो पनी साक्ष्य दिन्छु कि सत्य ईश्वर मात्र एउटा अल्लाह नै हो। र उसको कोही पनि साझीदार छैन। र म यो पनि साक्ष्य दिन्छु कि मुहम्मद अल्लाहका सेवक र दूत हुन्। उनी र, उनका समस्त साथीहरु ,परिवारहरु माथि धेरै धेरै शान्ती होस्।

    आमाबुबाको फर्माबरदारी (अज्ञापालन) गर्नुपर्छ। र उहाँहरूको प्रत्येक कुरा मान्नु पर्छ, जबसम्म उनीहरु कुनै पापको आदेश दिंदैनन् तबसम्म उहाँहरुको अज्ञापालन गर्नुपर्छ, र उहाँहरू प्रति दयालुताको साथ खर्च गर्नुपर्छ। र उनीहरुको सम्पूर्ण आवश्यकता जस्तै खाने, पिउने र बास गर्ने घरको व्यवस्था पूर्ण गर्नुपर्छ। उनीहरुलाई दुःख हुने कुनै कुरा भन्नुहुँदैन, र तपाईको कुनै कुरा तथा व्यवहारबाट उनीहरुको भित्रि आत्मामा चोट नपुगेस् यस्तो नम्रताको साथ कुरा गर्नुपर्छ। अल्लाहले मातापिताको हक अधिकारलार्इ दर्शाउनको लागी सन्तानहरुलाई यस प्रकारले आदेश गर्नुभएको छ। ((तिम्रो पालनकर्ताले निर्णय गरिदिएका छन् कि तिमीहरु उनी बाहेक कसैको उपासना नगर र मातापितासंग विनम्रतापूर्वक व्यवहार गर, यदि ती दुवै मध्ये एक वा दुवै तिम्रो उपस्थितिमा बृद्ध अवस्थामा पुग्छ्न् भने उनीहरुलाई उफ सम्म नभन, उनीहरुलाई न हप्काऊ बरु उनीहरुसित आदर पूर्वक कुरा गर अनि दयाको साथ बिनम्रताको हाथ उनीहरु समक्ष फैलाऊ, र प्रार्थना गर कि हे मेरो स्वामी उहाँहरुमाथि दया गर जसरी उहाँहरुले बाल्यकालमा मेरो पालन पोषण गर्नुभएको थियो।)) (अल् इसरा २३)

    इस्लाम धर्ममा आमाबुवालाई अवहेलना र अवज्ञा गर्नु शिर्कपछिको सबभन्दा ठूलो पाप हो भन्ने कुरा दर्शाइएको छ। अब्दुल्लाह बिन उमरको भनाई छ कि ((एउटा देहाती (गाउँले) मुसलमानले रसूल सल्लल्लाहु अलैहि वसल्लम सित सबैभन्दा ठूलो पापको बारेमा प्रश्न गरे, त हजूर सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः त्यो शिर्क हो। त्यसपछि उसले फेरि सोध्यो यस पछि ठूलो पाप के हो? तपाईले भन्नुभयोः आमाबुवाको अवज्ञा गर्नु हो। देहातीले पुनः प्रश्न गर्यो आमाबुवाको अवज्ञा बाहेक अरु के छ? त्यसपछि तपाईले उत्तर दिनुभयोः झुठो शपथ (सौगन्ध) खानु हो।)) (सही बोखारी जिल्द 6 हदीस संख्या 6522)

    इस्लाम धर्ममा रसूल सल्लल्लाहु अलैहि वसल्लमले आमाबुवाको अधिकार उल्लेख गर्दै भन्नुभयोः

    ((अल्लाह तआलाको खुशी आमाबुवाको खुशीमा छ र अल्लाह ताआलाको क्रोध आमाबुवाको क्रोधमा छ्।)) सही इब्ने हिब्बान जिल्द 2 हदीस संख्या 429

    आमाबुवाको सबै अधिकारहरु सन्तानमाथि निर्धारित छन्। यदि आमाबुवा अर्कै धर्मको धर्मावलम्बी भएपनि तिनका इस्लामीय दृष्टिले वैध अधिकारहरू सन्तानमाथि सुरक्षित नै हुन्छ्न्। किनकि आयशा बिन्ते अबूबकर ((आफ्नो गैर मुस्लिम (बहुदेववादी) आमाको सेवा गर्नुको बारेमा रसूल सल्लल्लाहु अलैहि वसल्लमसित सोधिन्। त हजूर सल्लल्लाहु अलैहि वसल्लमले उहाँलार्इ अफ्नो आमाबुवाको सेवा गर्नको लागी अनुमति प्रदान गर्नु भयो।))

    (सही बोखारी जिल्द 2 हदीस संख्या 2477)

    आमाको दर्जा (श्रेणी) बुवाभन्दा तीन गुणा ठूलो हुन्छ, जस्तो उदार्ता गर्नुमा, रिश्ताको सम्बन्धमा, तथा आज्ञापालन गर्नुमा। तसर्थ हाम्रो व्यवहारमा पनि बुवाभन्दा आमाको दर्जा बढी हुनुपर्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले त्यो हदीसमा जस हदीसमा एउटा सहाबीले सोध्नु भयोः हे अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम मानिसहरुमा सबैभन्दा धेरै मेरो राम्रो व्यवहारको अधिकारी को हो ? त तपाईले भन्नुभयोः (( तिम्रो आमा! तिम्रो आमा! तिम्रो आमा! अनि तिम्रो बुवा हो।)) (सही मुस्लिम जिल्द 4 हदीस संख्या 2548)

    यसकारण इस्लाम धर्मले तीन दर्जाको अधिकार आमालाई दिएको छ, र एक दर्जाको अधिकार बुवालाई दिएको छ। किनकि आमाले सन्तानलाई जन्मैदेखि लिएर व्यस्क (जवान) नहुनजेलसम्म त्यसको दुःख पीडा उठाउदछिन् जुन दुःख र पीडा बुवाले उठाउन् सकिदैन। जस्तो की अल्लाहले भन्नुभएको छ्। ((मानिसहरुलाई आफनो आमाबुवासंग राम्रो व्यवहार गर्नका लागी आदेश दिइएको छ।)) (अल् अहकाफ 15)

    त्यो आमा नै हो जसले गर्भावस्थामा आफनो संतानको दुःख पीडा उठाउँछिन् र खाना खुवाउँछिन र उसलाई जन्म दिने बेलामा बिभिन्न कठिनाईहरु सहन गर्छिन् र दिनराती सेवा गरेर दुध खुवाउँछिन्।

    यसले गर्दा हामीहरूलार्इ चाहियो कि हामी अमा बुवाका हक अधिकारलार्इ बुभौं र उनीहरूको अदर सम्मान गरौं, र उनीहरूको अज्ञापालन गरी प्रलयको दिन प्रसन्न भर्इ स्वर्गमा प्रवेश गरौं । अल्लाह हामी सबैलार्इ यसको सौभाग्य प्रदान गरुन् । (अमीन)