×
यस निबन्धमा यो हो कि 1 अप्रिलको झूट बुल्न जायज छैन जसरी के केही व्यक्तिहरुले अनुमान गरेको छ कि यसमा बिना कुनै रोक टोकको झूट बोल्न जायज छन् जुन् शरिअतको बिरुध हो। र यसबाट इस्लाम धर्मले सचेत गरेको छ।

    إن الحمد لله نحمده ونستعينه ونستغفره، ونعوذ بالله من شرور أنفسنا، وسيئات أعمالنا، من يهده الله فلا مضل له، ومن يضلل فلا هادي له، وبعد:

    सम्पूर्ण प्रशंसा अल्लाहीको लागी हो। उसैको हामी प्रशंसा गर्छौं र उसैसीत सहायत माँग छौं। र अल्लाही बाट आफ्ना आत्माको पापहरुबाट क्षमा चाहन्छौं। जसलाई अल्लाहले मार्ग दर्शन देखायो भने उसलाई कोही पथभ्रष्ट गर्नसक्दैन। र जसलाई अल्लाहले पथभ्रष्ट बनाईयो भने उसलाई कोही मार्ग दर्शन देखाउन सक्दैन।

    झूट बुरा चलीत्र हो जसबाट शरीअतले सचेत गरेको छ। यसैमाथि प्राक्रितको पनि सहमत छ। र ज्ञानी व्यक्तिहरु पनी यही भन्दै छन् की यो झूट ठूलो पाप हो।

    हाम्रो यस पवित्र शरिअतले यस झूटबाट सचेत गरेको छ। जसका उल्लेख कुरआन र हदीसमा आएको छ। र यो सम्पूण ज्ञाणीहरुको नजिक हराम (अवैध) हो। र झूठो व्यक्तिकोलागी लोक र प्रलोक दुबैमा कठोर यातना र परिणाम हो।

    र शरिअतले झूटलाई जायज करार दिएको छैन अतिरिक्त केही खास समस्याको बेला जसमा कसैको अधिकार हड़पने र कसैको रग्त बहाउने, र कसैको इज्ज़त (सम्मान) माथि परभाव पर्दैन..... अन्तसम्म, यसको बावजूद केही यस्तो ठाँउहरु पनि छ जसमा झुट बुल्न जायज हो जसरी के ज्यान बचाउनेको लागी। र दूई झगड़ीयाको बीच इस्लाह (सम्झोता) गर्नेको लागी, अथवा पतीपत्नीको बीच प्रेम कायम गर्नको लागी यस बाहेक कुनै ठाँउमा झूट बुल्न जायज छैन।.

    र हाम्रो यस इस्लाम धर्ममा कुनै यस्तो दिन र समय छैन जसमा कुनै व्यक्तिको लागी झूट बुल्न जायज हो चाहे त्यो कथनीय र कर्तव्य झूट किन्न हो जुन आज मानवहरुको बिच फैलिसकेको छ। जसको नामाकरण अप्रिल फूल (April Fool) हो र यो उनीहरुको गुमानले सूर्य कलन्डरको हिसाबले चोथो महिनाको पहिलो दिन –निसान (अप्रिल) हो जसमा झुट बुल्ने बिना कुनै नियमको जायज करार दिएको छ।

    झूठको हराम हुन्को प्रमाणहरुः

    1) अल्लाह तआला भन्नुभएको छ।(( मिथ्या रच्ने व्यक्तिहरु त तिनै हुन् जो अल्लाहका आयतहरुमाथि ईमान राख्दैनन् र यस्तो व्यक्तिहरु नै झूठा हुन्)) अल् नहल 105

    इब्ने कस़ीरले भनेको छ। किः (( अल्लाह तआलाले खबर दिएको छ कि त्यसको दूत्त मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम कुनै झूठा व्यक्ति होइन; जसले अल्लाह र त्यसको रसूलमाथि झूठलाई रचे भने उनी मानवहरुमध्ये सब भन्द बुरा हुन् जुन अल्लाहको आयत (निशानीहरु) माथि विश्वास (ईमान ) राख्दैन। र उनी काफिर (नास्तिक) र मुलहीदहरु () छन् उनीहरु मानवको नजिक झूठबाटै प्रसिद्ध छन्। र दूत्त मुहम्मद सल्लालहु अलैहि वसल्लम मानवहरु मघ्ये सब भन्दा अधिक सत्य , नेक (सुकर्मी) ज्ञानी, विश्वीसी, र कार्यरित हुन् जुन आफना समुदायमा सादिक़ (अधिक सत्यता व्यक्ति) बाट प्रसिद्ध हुन्। र कसैलाई यसमा कुनै शंका पनि छैन यहासम्म कि उनीहरु मुहम्मदलाई अमिन (पक्का अमानतदार) भन्दै पुकारदै थिये। ))

    तफसीर इब्ने कसी़र 2-588

    2) अबू हुरैराले रिवायत गरेको छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ कि (( मुनाफिक (कप्टी) को पहिचान तिनवटा छन् त्यो यो हो (1) कुरा गर्नबेला झुठ बोल्छन् (2) र वादा खेलाफि गर्छन्। (3)र नासो (अमानत) मा ख्यानत (धोखा) गर्छन्।)) बोखारी 33, मुस्लिम 59

    झूटहरु मध्ये सब भन्दा बुरो यो हो कि....हंसी मज़ाक (ठट्टा) मा झूट बोल्नेः

    केहि व्यक्तिहरु यो अनुमा (गुमान) गरिरहेको छ कि उनहरुकालागी हंसी मज़ाकमा झूट बोल्न जायज (वैध) छ। र यसलाई प्रमाण बनाएर पहिलो अप्रिल र यस्तै अर्को दिनहरुमा झूठ बोल्छन्, जुन एउटा दोष र ठूलो पाप हो, त्यसको कुनै असलियत यस पवित्र धर्ममा छैन, र यो झूट हराम हो चाहे त्यो हंसी मज़ाकमा हो अथवा अर्को कार्यहरुमा किन्न हो।

    इब्ने उमर बाट रिवायत छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले भनेको छ कीः (( म मजाकमा पनि सत्य भन्छूँ)) अल तिबरानी फील जामे अल कबीरः12-391, शैख अलबानी (अल्लाह उनीमाथी दया गरौं) ले यो हदीस लाई आफना सहीहुल जामीआमा सही करार दिएको छ। 2494)

    अबू हुरैरा बाट रिवायत छ कि सहाबाहरुले नबी सल्लल्लाहु अलैही वसल्लमलाई भन्यो कि हे अल्लाहको रसूल तपाई पनि हामीहरुसित मजाक गर्नुहुन्छन्। तपाईले भन्यो किः (( म सत्य बाहेक केहि भन्दैन।)) अल तिरमीजीः 1990

    निसानको झूटः अप्रिलको झूठ

    तर अप्रिलको झूटको असलियतबारेमा केहि थाहा छैन र यस विषयमा बिभिन्न रायहरु ( बिचारहरु) छन्।

    केहि व्यक्तिले उल्लेख गरेको छ कि त्यो बसन्त समयको उत्सव मध्ये हो जसमा के 21 मार्च को रातदिन बराबर हुन्छ...

    केहि व्यक्ति यो सम्झदैछन् कि त्यसको संबन्ध पूरानो काल देखी आईरहेको छ।

    र यो पनि भनिन्छ कि केहि देशहरुमा सिकारको दिनहरुमा सिकार गर्नबाट निराश भयो भने यसै नियमको आधार पर अप्रिल महिना को पहिलो तारेखको झूट बुल्नको जायज करार दिए।

    केहि व्यक्तिले यस झूटको असलियतको उल्लेख गरेको छः

    हामीहरु मध्ये धेरै व्यक्तिहरु यस अप्रिल को झूट उत्सवमा सहभागी हुन्छ। जसको शब्दीक अनुवाद–अप्रलिको झुट- हुन्छ तर हामी त्यसको अदृश्य तितो हकिकत (सच्चाई) बाट टाढा हुन्।

    जहिले के मुस्लिमहरु ईस्पेनमा शक्तिवान थिए एक हजार वर्षसम्म शासन गरे त्यस बेला उनीहरुलाई यस शासनबाट हटाउने र अन्तय गर्न् सम्भव थिएन। र पच्छिमी देशका क्रिसचनहरु (ईसाईहरु) यस इस्लाम धर्मलाई संसारबाट मिटाउने सहमत भये र केहि सिमानसम्म सफल पनि भये।

    र उनीहरु इस्लामलाई ईस्पेननबाट अन्त गर्नको लागी कति चोटि प्रयास गरे तर सफल भएन।

    यसपछि नास्तिकहरुले आफना जाजुसहरु लाई ईस्पेन पठाये ताकि मुस्लिमको शक्तिको भेदलाई जानौ र बुझौं जुन कारणले उनीहरु पराजय (शिक्सत) हुन्दैन। त उनीहरुलाई यो थाहा भये कि उनीहरु अल्लाहसित धेरै डर (भय) राख्छन् त्यो एउटा मौलिक कारण हो।

    जसरी उनीहरुलाई मुस्लमानको यस शक्तिको भेदको बारेमा थाहा भये उनीहरुले यसलाई अन्त गर्नको बारेमा सोच बिचार शुरु गरे र यसैमाथि निर्भर भयेर रक्सी, सिगरेत इत्यादी अमुल्य (मुफ्त) मा ईस्पेन पठाउने शुरु गरे।

    र यस तरिका बाट मुसलामनहरुको ईमान कमजोर भयो खासगरी ईस्पेनको युवाहरुको।

    र यसको परिणाम यो भयो कि पच्छिमी ईसाईहरुले सम्पूण ईस्पेनलाई आफना शक्तितल झुकाएर मुसलमानहरुका शक्ति अन्तय गरे जता कि आठ सय भन्दा अधिक वर्ष उनीहरुका राज र शासन थिए। र मुस्लिमहरुका गरनात़ा सहर (एउटा सहरकोनाम) का अन्तिम किला पहिलो अप्रिल को छिन्यो। र यसै कारण उनीहरुले यसलाई अप्रिलको धुखा (APRIL FOOL) भनिन्छन्।

    तेहि वर्ष देखि आजसम्म उनीहरुले यस दिनमा उत्सव मनाउंदैछन् र मुस्लिमहरुलाई मूर्ख जान्दैछन्।

    र उनीहरु गरनाताको फौजहरु संग सम्पूर्ण मुस्लिमहरुलाई मूर्ख भन्दैछन्। अनि यसको बावजूद हामीहरु यस उत्सवमा सहभागी भयो भने यो एउटा अन्धो चाल नै हुन्छ जसबाट हाम्र मूर्खयता जाहिर हुन्छ। अनि हामी यस उत्सव को कारण जाने पछि कहिले पनि सम्भव छैन कि हामि आफना पराजय (शिक्सत) को उत्सव मनाऔं।

    जब हामीलाई त्यसको असलियत थाहा भयो भने हामी आफना आत्मा सित यो वचन र वादा गरौं कि आज देखि कहिले पनि यस उत्सवमा सहभागी हुन्दैन। र हामीमाथि यो अनिवार्य छ कि ईस्पेनको पराजयबाट पाठहरु सिखौं र असली इस्लाम लाई लागु गर्नको प्रयास गरौं र आफना ईमानलाई कहिले पनि कमजोर न हुने देऊ।

    र यस झूटको असलियतको जान्न् यती महत्वपूर्ण छैन जति के त्यस झूटको हुकम यस दिनमा छ। र हामीलाई यो थाहा छ कि यो इस्लामको प्ररम्भिक समयमा थिएन र यसको अविषकारकहरु मुस्लिम पनि थिए तर उनीहरुका शत्रुता थिए।

    र यस अप्रलि फूलको धेरै घटनाहरु छन्, जसरी के कसैले कसैलाई त्यसको छोरा , पत्नी अथवा त्यसको प्रेमिहरुका मुतृ हुन्को खबर दिन्छ त्यो दुख उनी सहन शक्ति राखदैन। र त्यसको घबराहटमा उनका मृत्यु भएहाल छ। र कसैलाई नोकरी अन्त हुन् र आग लाग्न् को खबर अथाव दुर्घटना को खबर दिन्छ जसकारण उसलाई दिमाग () को रोग लागेर मृत्यु भए हाल छ। र कुनै व्यक्तिलाई यो भनिन् छ कि त्यसको पत्नीलाई अर्को व्यक्तिसंग हेरेको छ जुन त्यसको हत्या र तलाक (बिछोड) को कारण भईहाल छ।

    र यस्तो धेरै कथा र घटनाहरु छन् जुन सम्पूर्ण झूठ हो जसलाई धर्म र मूखले हराम (अवैध) करार दिएको छ।

    अल्लाह नै सिधोमार्ग दिखाउनेवाला छन्।

    (संक्षिप्त निबन्ध अप्रिलको झूट इस्लाम प्रश्न एवं उत्रर वैबसाईटबाट लिएको छ।)